काठमाडौँ, १७ असार । परराष्ट्रमन्त्री शिशिर खनालले मुस्ताङमा युरेनियम धातु उत्खनन गर्न कसैसँग कुनै खालको सम्झौता नभएको बताएका छन् ।
आज राष्ट्रियसभा बैठकमा सांसदहरूको प्रश्नोत्तरमा मन्त्री खनालले मुस्ताङ जिल्लामा युरेनियम धातु उत्खनन गर्न नेपाली सेना र अमेरिकी सेनाबिच सम्झौता भएको भन्ने हल्लामा कुनै सत्यता नरहेको बताए ।
उनले प्राकृतिक स्रोत र त्यसको उपयोगका सम्बन्धमा नेपालको संविधानमा उल्लेख व्यवस्थाप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको समेत बताए। यस्तै मन्त्री खनालले नेपालले आफ्नो असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्त विपरीत हुने गरी कुनै पनि सम्झौता नगर्ने समेत स्पष्ट पारे ।
उनले नेपाल र भारतबिचको घनिष्ठ सम्बन्धको मर्म र भावना अनुरूप ऐतिहासिक सन्धि, सम्झौता तथा नक्साका आधारमा सीमा सम्बन्धी समस्याहरूको समाधान कूटनीतिक वार्ताको माध्यमबाट गर्न नेपाल सरकार सधैँ प्रतिबद्ध रहेको बताए।










प्रतिक्रिया दिनुहोस्