अर्थ

नेप्से परिसूचकमा सामान्य सुधार



काठमाडौँ, १८ असार । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ । आज नेप्से सूचक ८.७८ अङ्कले बढेर २,६६१.७१ विन्दुमा पुगेर बन्द भएको छ ।

आज बजारमा ३५९ कम्पनीका कुल ८९ लाख ६४ हजार २२३ कित्ता सेयर कारोबारमार्फत ४ अर्ब ११ करोड ७७ लाख ८५ हजार ७०० रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ।

आजको कारोबारको ट्रेन्ड हेर्दा बजार सुरुवाती समयमा केही ओरालो लागे पनि दिउँसो १:४५ पछि भने सुधारको लय समातेको थियो । बजार बन्द हुने समयमा परिसूचक उच्च विन्दुमा पुगेको थियो।

आज पाँच वटा कम्पनीको सेयर मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ । अपर लोहोरे हाइड्रोपावर र कलङ्गा हाइड्रो १५ प्रतिशतले वृद्धि हुँदा स्नो रिभर लिमिटेड र सानिगढ हाइड्रोपावर समेत सर्किट लेभलमा बढेका छन् । धवलागिरी लघुवित्त र आत्मनिर्भर लघुवित्तको सेयर समेत दोहोरो अङ्कले बढेको छ ।