राजनीति

मेलम्चीको पानी आपूर्ति बन्द



काठमाडौँ, १९ असार । मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढी पसेपछि काठमाडौं उपत्यकामा आपूर्ति भइरहेको पानी आज (असार १९) देखि अस्थायी रूपमा बन्द गरिएको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का अनुसार मेलम्चीको मुहानमा पानी धमिलो भएपछि प्रशोधन प्रक्रिया जटिल भएको छ । सोही कारण मेलम्चीबाट सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा प्रवाह हुने पानीको आपूर्ति अस्थायी रूपमा रोकिएको हो । गुणस्तरमा सुधार आएपछि पुनः प्रशोधन प्रक्रिया सञ्चालन गरी पूर्वनिर्धारित वितरण तालिकाअनुसार पानी आपूर्ति सञ्चालन गरिने केयूकेएल जनाएको छ ।