Banner News

वर्तमान राजनीतिक परिस्थिति पुराना दलहरूका लागि संकट मात्र होइन, अवसर पनि हो : महासचिव पोखरेल



काठमाडौँ, २० असार । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान राजनीतिक परिस्थिति पुराना दलहरूका लागि संकट मात्र नभएर आफूलाई पुनर्जीवित गर्ने अवसर पनि भएको बताएका छन् । 

यदि पुराना दलहरूले समयमै आफूलाई सुधार गर्न सकेनन् भने, राजनीतिमा एउटा पपुलिष्टको पतन पछि त्यसको ठाउँ पुनः अर्को पपुलिष्टले नै लिने सम्भावना रहने उनले उल्लेख गरे । यो सत्यलाई बुझेको नेकपा एमाले वर्तमान चुनौतीलाई हरेक ढंगले सामना गर्न र मुलुकलाई नयाँ सोच र संकल्पकासाथ संविधानवाद र परिपूर्ण लोकतन्त्रको दिशामा अघि बढाउन सक्षम रहेको पोखरेलको दाबी छ । 

सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, ‘आजको समयको सत्य: पपुलिजम र सामाजिक सञ्जालको अल्गोरिदमका भरमा लहर सिर्जना गरेर सत्तामा पुग्नु एउटा कुरा हो, तर सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ।
वर्तमान राजनीतिक परिस्थिति पुराना दलहरूका लागि संकट मात्र होइन, आफूलाई पुनर्जीवित गर्ने एउटा अवसर पनि हो। विचार, संगठन, आचरण र व्यवहारमा प्रभावकारी सुधार ल्याएर मात्रै पुराना दलहरूले आफूलाई जनतामा पुनः स्थापित गर्न सक्दछन् ।
यदी पुराना दलहरूले समयमै आफूलाई सुधारगर्न सकेनन् भने, राजनीतिमा एउटा पपुलिष्टको पतन पछि त्यसको ठाउँ पुनः अर्को पपुलिष्टले नै लिने सम्भावना रहन्छ । यो सत्यलाई बुझेको नेकपा (एमाले) वर्तमान चुनौतीलाई हरेक ढंगले सामना गर्न र मुलुकलाई नयाँ सोच र संकल्पकासाथ संविधानवाद र परिपूर्ण लोकतन्त्रको दिशामा अघि वढाउन सक्षम छ।’