काठमाडौँ, २१ असार । आज संघीय संसद्अन्तर्गतको अर्थ समितिको बैठक बस्दै छ ।
सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने गरी बैठक बोलाइएको छ । संसद् सचिवालयका अनुसार आज बिहान ११ बजे बैठक बस्नेछ ।
बैठकमा आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिमा समेट्नुपर्ने विषयहरूका सम्बन्धमा विज्ञ एवं सरोकारवालाहरूसँग छलफल हुनेछ । त्यस्तै विविध विषयमा पनि छलफल हुने जानकारी दिइएको छ ।










प्रतिक्रिया दिनुहोस्