राजनीति

कांग्रेस केन्द्रीय नीति प्रतिष्ठानको बैठक बिहीबार बस्ने



काठमाडौँ, २३ असार । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको चौथो बैठक असार २५ गते बस्ने भएको छ । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान साढे ११ बजेका लागि बैठक आह्वान गरिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बताए । 

बैठकमा नयाँ सदस्यहरूको शपथग्रहण, उपसमितिहरूको आगामी कार्ययोजना र थप उपसमिति विस्तार गर्ने कार्ययोजना रहेको दुलालले जानकारी दिए ।