राजनीति

पुरानो पुस्ताले घर छोडेर डेरा खोज्नु हुँदैन : नेता भण्डारी



काठमाडौँ, २५ असार । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पछिल्लो समय नयाँ पुस्ताले पुरानो पुस्ताको अनुभव खोजिरहेको समयमा पुरानो पुस्ताले आफ्नो घर छोडेर डेरा खोज्नु नहुने तर्क गर्नुभएको छ ।

कांग्रेसमा पूर्णबहादुर खड्का नेतृत्वको समुहले पार्टी विभाजन गर्नेसम्मको तपारी गरेसँगै नेता भण्डारीले घरभित्रको खटपट वा मतभेदलाई सम्वाद र सहकार्यबाट दिगो र टिकाउ बनाउनुपर्नेमा जोड दिनुभयो । विगतमा अवसर नपाउनेहरुले पार्टी छोडेको भए अहिले पार्टीको पहिचान नै नहुने अवस्था बन्ने तर्फ सचेत गराउँदै उहाँले नयाँ पुस्ताले हिजो पुरानो पुस्ताालाई गरेको सहयोग भुल्न नहुने उल्लेख गर्नुभयो ।

उहाँले आज सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘हिजो युवाहरूले पुरानो पुस्ताको आह्वानमा साथ दिएका थिए। आज नयाँ पुस्ताले पुरानो पुस्ताको अनुभव खोजिरहेको बेला घर छोडेर डेरा खोज्नु हुँदैन । घरभित्र खटपट हुन सक्छ, मतभेद पनि। तर संवाद र सहकार्य नै दिगो र टिकाऊ हुन्छ । विगतमा अवसर नपाउनेहरूले घर छोडेको भए अहिलेको पहिचान कसैको हुने थिएन १११ कुनै पनि निर्णय गर्दा समयको गरिबीलाई पनि ध्यान दिनुपर्छ ।’