काठमाडौँ, २६ असार । सरकारले ट्रान्सफर्मरलगायत विद्युत् उपकरणहरूको गुणस्तरका विषयमा चौतर्फी प्रश्न उठेको उल्लेख गर्दै सो विषयमा मन्त्रालयले सुक्ष्म अध्ययन गरिरहेको बताएको छ ।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गतका प्रदेश तथा डिभिजन प्रमुखहरूसँग भर्चुअल छलफलमा बताएका हुन् ।
पछिल्ला दिनमा देशका विभिन्न भागमा विद्युत आपूर्तिमा भइरहेको समस्याको कारण र समाधानको उपायबारे जानकारी लिँदै वितरण प्रणालीमा सुधार र ग्राहक सेवालाई प्राथमिकतामा राख्न निर्देशन दिए ।
विद्युत् मानिसको जीवनशैली र आधारभूत आवश्यकतासँग जोडिएको हुँदा यसको दिगो आपूर्ति अनिवार्य दायित्व भएको उल्लेख गर्दै प्राविधिक एवं व्यवस्थापकीय सुधार तत्कालै सुुरु गर्न नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक तथा निर्देशनालयका प्रमुखहरूलाई श्रेष्ठले निर्देशन दिएका छन् ।
सरकारले लागु गरेको ‘ऊर्जा खपत रणनीति’ पहिलो चरणमा काठमाडौं उपत्यकाबाट सुरू गरिने भएकाले यसका निम्ति प्राधिकरणले संरचनागत सुधारमा के–के गर्नुपर्ने हो त्यसको आवश्यक तयारी गर्न भनेको छ ।










प्रतिक्रिया दिनुहोस्