काठमाडौँ, ३० असार । राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवबीच भेटवार्ता भएको छ ।
आज राष्ट्रपति भवन शीतलनिवासमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा उपराष्ट्रपति यादवले आफ्नो कतार भ्रमणका बारेमा जानकारी गराएका राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
उपराष्ट्रपति यादव आजै कतार प्रस्थान गर्दै छन् । उपराष्ट्रपति यादव कतारका पूर्वअमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति नेपालका तर्फबाट शोक समवेदना व्यक्त गर्न त्यहाँ जान लागेका हुन् । उपराष्ट्रपति यादवले कतारका अमिर शेख तमिम बिन हमद अल थानीलाई राष्ट्रपति पौडेलका तर्फबाट शोक सन्देश दिनेछन् ।










प्रतिक्रिया दिनुहोस्