काठमाडौँ, ३ साउन । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुशासन र समृद्धिमै एकलव्य दृष्टि लगाउन सरकारलाई सुझाव दिएका छन् ।
संविधानको २४५ धारा संशोधन गर्न कार्यदलले दिएको सुझावलाई इङ्गित गर्दै उनले भनेका छन्– एकैचोटि धेरै चरा मार्न खोज्दा कुनै चरा पनि मर्दैन । ठुलो गाँस मुखमा हाल्दा घाँटीमा अड्कने खतरा हुन्छ ।
सामाजिक संजालमा लेख्दै उनले भनेका छन्, “एकैचोटि धेरै चरा मार्न खोज्दा कुनै चरा पनि मर्दैन! ठूलो गाँस मुखमा हाल्दा घाँटीमा अड्कने खतरा हुन्छ! जेनजी विद्रोहको पृष्ठभिमा ठूलो जनअपेक्षा सहित सत्तसीन नयाँ सरकारले एकैचोटि धेरैतिर हात हाल्नुसट्टा यतिवेला देशको प्रमुख समस्या रहेको सुशासन र समृद्धिमै एकलव्यदृष्टि लगाउँदा राम्रो होला! त्यसमध्ये पनि देशभित्रै बार्षिक ८ देखि १० लाखसम्म उत्पादनमूलक रोजगारी सिर्जना गर्न जे गर्नुपर्छ त्यही गर्दा राम्रो होला!”










प्रतिक्रिया दिनुहोस्