अर्थ

सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस् ! सरकारले ल्यायो १० लाखको बम्पर उपहार



काठमाडौँ, ५ साउन । सरकारले सक्कली बिल लिँदा लखपति बन्ने उपहार योजना ल्याएको छ । सक्कली विल लिएबापत अब हरेक दिन एक जना नेपाली लखपति महिनामा दुई जनालाई बम्परमा १०–१० लाखको योजना ल्याएको हो ।

सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका तथा एक सय रुपैयाँभन्दा बढीको कारोबारमा अनलाइन वा नगद भुक्तानी गरी बिल लिएका नागरिकहरू यो योजनामा सरिक हुन पाउनेछन्।

अब आफूले १०० रुपैयाँभन्दा बढीको सामान किन्दा वा होटेल/रेस्टुरेन्टमा भुक्तानी गर्दा सक्कली बिल लिनुहोस्। उक्त बिल नम्बर नै तपाईंलाई लखपति बनाउने नम्बर हो। हाललाई हरेक महिनाको १६ गते र अन्तिम दिन (पाक्षिक रूपमा) लखपति योजनाको घोषणा गरिनेछ।

बजेटमा घोषणा गरिएको यो कार्यक्रम कार्यन्वयनबारे बिस्तृत जान्न कार्यविधि पढ्नुहोस्,