अर्थ

बिल बिजक नराख्ने स्टोरलाई जरिवाना



काठमाडौँ, ७ साउन । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नागार्जुन–२ खरिबोट वनस्थलीमा रहेको राज श्री खाद्य स्टोरलाई जरिवाना गरेको छ ।

स्टोरले बिल बिजक नराखेको पाइएपछि विभागले सो स्टोरलाई रु पाँच हजार जरिवाना गरेको हो । बुधबार विभागले कुल ८ वटा फर्ममा स्थलगत अनुगमन गरेको थियो । त्यसमध्ये ७ वटालाई सुधारात्मक निर्देशन दिएको छ ।