काठमाडौँ, ९ साउन । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा निरङ्कुश प्रवृत्ति देखा परेको र त्यसका विरुद्धमा एक पटक पुनः सङ्घर्ष गर्नुपर्ने अवस्था आएको जिकिर गरेका छन् ।
आज नरबहादुर कर्माचार्यको १३ औँ स्मृति दिवसमा पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा उनले देशको राष्ट्रिय स्वाधीनतामाथि सङ्कट आएको बताए । देशको स्वाधीनतामाथि आइपरेको सङ्कट समाधान गर्न, कम्युनिस्ट आन्दोलनमाथि आएको असाधारण अप्ठ्यारो परिस्थितिको सामना गर्न र कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न जरुरी रहेको उनले बताए ।
संयोजक दाहालले अहिले कम्युनिस्ट आन्दोलनले एउटा धक्का खाएको र कम्युनिस्ट आन्दोलनलाई फेरि एकताबद्ध गर्न जरुरी रहेको उल्लेख गरे । कम्युनिस्ट आन्दोलनलाई फेरि पुनर्जीवित गर्ने र देशको नेतृत्व लिने सङ्कल्प गर्नुपर्ने समय आएको बताए ।










प्रतिक्रिया दिनुहोस्