राजनीति

कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा



सुर्खेत, ९ साउन । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले राजीनामा दिएका छन् ।

शनिबार बसेको प्रदेश सभा बैठकमा आफ्नो भनाइ राख्दै उनले पदबाट राजीनामा दिएका हुन् । कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीले उनी विरुद्ध असार ३२ गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । शनिबार उक्त प्रस्तावमाथिको छलफलमा भाग लिएका कँडेलले सुरुमै आफ्नो धारणा राखे ।

उनले आफ्नो लागि कुर्सी नै ठूलो कुरा नरहेको पनि बताए । कँडेल ०८० चैत्र अन्तिम साता मुख्यमन्त्री नियुक्त भएका थिए । कँडेलले आफ्नो कार्यकालमा थुप्रै सुधारका काम भएको पनि स्मरण गरे ।

कम्युनिस्ट दल मिल्ने सङ्केत गर्दै नयाँ बन्न लागेको सरकारको आयुबारे टिप्पणी गरे । उनले नयाँ बन्न लागेको सरकार कति टिक्छ वा टिक्दैन त्यो भन्न नसकिने बताए । ‘म यहाँ आउँदै गर्दा नेकपा—एमालेका दुई वटा अध्यक्ष बसिरहेका छन्, टेलिफोन कुरा भएको थियो,’ उनले भने ।