काठमाडौँ, १० साउन । नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्लो समय सांसदहरुमाथि भइरहेको आक्रमणको निन्दा गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत सभापति थापाले असहमतिको उत्तर हिंसा र अपमानबाट हुन नसक्ने बताएका छन् । बारा–४ बाट निर्वाचित सांसद पौडेलमाथि कालो मसी प्रहार भएको थियो । त्यस्तै उदयपुर तथा स्याङ्जाका सांसदहरुमाथि पनि दुर्वव्यवहार भएको थियो ।
उनले लेखेका छन्, ‘प्रतिनिधि सभा सदस्य गणेश पौडेलमाथि भएको आक्रमण निन्दनीय छ । असहमति भए त्यसको उत्तर संवाद, बहस र लोकतान्त्रिक प्रक्रियाबाट दिनुपर्छ, हिंसा वा अपमानबाट होइन । लोकतन्त्रमा विचार फरक हुन सक्छ, असहमति पनि हुन सक्छ । तर कुनैपनि व्यक्ति माथि कालो मसी प्रहार गर्ने, दुर्व्यवहार गर्ने वा अराजक गतिविधिमा उत्रिने कार्य कुनैपनि हालतमा स्वीकार्य हुन सक्दैन ।’










प्रतिक्रिया दिनुहोस्