काठमाडौँ, ११ साउन । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको निधन भएपछि भएको तोडफोड र स्वास्थ्यकर्मीमाथिको साङ्घातिक आक्रमणप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले गम्भीर ध्यानाकर्षण भएको जनाएकी छन् ।
उनले मृतकप्रति समवेदना व्यक्त गर्दै अस्पतालजस्तो संवेदनशील स्थानमा हुने हिंसा स्वीकार्य नहुने स्पष्ट पारेकी छन्।
घटनापछि मन्त्री मेहताले गृहमन्त्री सुधन गुरूङ, नेपाल प्रहरीका महानिरीक्षक, पर्साका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका अधिकारी, नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट तथा नेपाल मेडिकल एसोसिएसनका पदाधिकारीहरूसँग निरन्तर समन्वय गरेर पहल अघि बढाएकी छन् ।
समन्वयकै क्रममा घटनामा संलग्न एक जना पक्राउ परिसकेका छन् भने थप अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढिरहेको छ। निष्पक्ष अनुसन्धान गरी दोषीलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रतिबद्धता मन्त्री मेहताले व्यक्त गरेकी छन्।










प्रतिक्रिया दिनुहोस्