राजनीति

सुनसरीमा कर्फ्यु हटाइयो



विराटनगर, १२ साउन । सुनसरी जिल्लामा जारी गरिएको कर्फ्यु आदेश हटाइएको छ ।

जिल्ला प्रशासन कार्यालय, सुनसरीले एक सूचना जारी गर्दै मिति २०८३ साल साउन ११ गते राति ९:०० बजेदेखि लगाइएको अनिश्चितकालीन कर्फ्यु आदेश हटाइएको जानकारी दिएको छ ।

यसअघि केन्द्रिय सुरक्षा समितिको निर्णयपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवा नगरपालिका–३ र ६ को पूर्वी सिमा (महेन्द्र राजमार्ग अन्तर्गतको घोपाली टोल) पश्चिममा कोशी व्यारेजको पुल तथा उत्तर र दक्षिण तर्फ राजर्माको २ सय मिटरको दुरीमा कफ्यु आदेश जारी गरेको थियो । 

देवानगञ्ज गाउँपालिका वडा नम्बर–३ को कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बिच आइतबार राति भएको झडप नियन्त्रणमा लिन खोज्दा गोली लागेर ३० वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो ।