कपिलवस्तु, १४ साउन । शिवराज नगरपालिका–५ दक्षिण रहटकोलमा टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
अन्दाजी ४५ वर्षीय पुरुषको सनाखत हुन बाँकी छ । गएराति करिब ११ बजे टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा गएराति साढे १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
सन्जिवनी चोकबाट दक्षिण रहटकोलतर्फ ना ८ ख ६३१० नम्बरको टिपरले ती पैदलयात्रीलाई ठक्कर दिएको थियो । टिपरसहित चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्