काठमाडौँ, १७ साउन । नवलपरासी (पश्चिम) को पाल्हीनन्दन गाउँपालिका २ हरपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडी सवार दुई जना घाइते भएका छन् ।
प्रहरीका अनुसार सिद्धार्थ सिटी अस्पताल भैरहवामा उपचारको क्रममा मोटरसाइकल चालक भारतको कुशीनगर जिल्ला, रामकोला गाउँ घर भएका २५ वर्षीय विजय चौहानको मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार भारत घर भएका २३ वर्षीय सतिस कुमार चमार र रुपन्देहीको बुटवल उपमहानगरपालिका ३ वस्ने ३६ वर्षीय कमल रानाको उपचार भईरहेको छ ।
भारतीय नम्बर प्लेटको UP५७ BP ४१६२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई पल्टिँएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्