काठमाडौँ, १९ साउन । सुनसरीको देवानगन्जमा भएको तनावमा घाइते भएकामध्ये अर्का एक जना युवकको निधन भएको छ ।
काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा देवानगन्ज-३ का २१ वर्षीय रवीन्द्रकुमार मेहताको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय, सुनसरीका अनुसार उपचारका क्रममा उनको निधन भएको हो । योसँगै सुनसरीमा मात्र प्रहरीको गोली लागेर ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । सुनसरी घटनापछि फैलिएको तनावमा सिरहामा समेत एक जनाको ज्यान गएको थियो ।










प्रतिक्रिया दिनुहोस्