काठमाडौँ, २० साउन । भक्तपुरको मध्यपुरथिमी नगरपालिका–६ भिमसेन मार्गमा डेरा गरी बस्ने २२ वर्षीय रिदम श्रेष्ठ मंगलबार आफ्नै कोठामा मृत भेटिएका छन् ।
खोटाङ घर भएका श्रेष्ठ कोठामै मृत अवस्थामा फेला परेका हुन् । त्यस्तै भक्तपुरकै चाँगुनारायण नगरपालिका–३ झौखेल पानी ट्याङ्कीस्थित काभ्रे घर भएका ३५ वर्षीय सन्तोष बहादुर तामाङ बुधबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्