समाचार

२०७ किलो गाँजासहित एक जना पक्राउ



काठमाडौँ, २० साउन । २०७ किलो गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उक्त गाँजा ओसार्न प्रयोग गरिएको एउटा पिकअप भ्यानसमेत नियन्त्रणमा लिएको छ ।

मंगलबार बेलुका करिब साढे ६ बजेको समयमा प्रदेश ३–०१–२४ च ५३८५ नम्बरको पिकअप गाडीलाई रोकेर चेकजाँच गर्दा गाडीभित्र सिमेन्टबो बोरामा लुकाइ राखिएको २०७ किलो गाँजा फेला परेको थियो ।

प्रहरीले सो गाडीका चालक मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१३ बस्ने ४८ वर्षीय कृष्ण लामा र पिकअप भ्यानलाई समेत नियन्त्रणमा लिएको छ ।

बरामद गाँजा र पक्राउ परेका लामामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।