काठमाडौँ, २२ साउन । काठमाडौँमा एक जना मृत फेला परेका छन् ।
काठमाडौँको गोकर्णेश्वर नगरपालिका-७ माकलबारी एक जना मृत फेला परेका हुन् ।
प्रहरीका अनुसार माकलबारीस्थित बागमती खोलामा पहिचान खुल्न नसकेकी करिब ३५ वर्षीया महिला शुक्रबार मृत फेला
परेकी छिन् ।
उक्त घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्