काठमाडौँ, २४ साउन । नेपाली कांग्रेसले आज आइतबार केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।
कांग्रेसले आइतबार दिउँसो १ बजेका लागि सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बैठक बोलाएको हो । सभापति गगन थापाले थापाले केन्द्रीय कार्यसमिति बैठकबाट पछिल्लो समय पार्टीका सन्दर्भमा गर्नुपर्ने निर्णय गरिने बताएका छन् । उनका अनुसार बैठक केही दिनसम्म जारी रहने छ । ‘केन्द्रीय कार्यसमिति बैठकबाटै पछिल्लो समय पार्टीका सन्दर्भमा गर्नुपर्ने निर्णय गर्ने नै छौं । दुई–तीनदिन बैठक चल्छ’, सभापति थापाले भने, ‘बैठक लगत्तै पार्टीको महाधिवेशन प्रक्रिया अगाडि बढ्ने छ ।’
संस्थापन इतर समूहले २९ साउनका लागि राष्ट्रिय भेला बोलाएपछि कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक राखेर छलफल गर्ने तयारी गरेको हो । भेला अघि पार्टी एकताका लागि नेतृत्वबाट ठोस पहल नभए नयाँ दल घोषणासम्म हुने इतर समूहका नेताहरू बताउँदै आएका थिए ।










प्रतिक्रिया दिनुहोस्