काठमाडौँ, २६ साउन । कपिलवस्तुमा ट्रकमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
प्रहरीका अनुसार कपिलवस्तु नगरपालिका–७, धरमपनियामा मिनिट्रकमा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।
सडकछेउमा बिग्रिएर बनाइँदै गरेको ना६ख ६४२३ नम्बरको मिनिट्रकको पछाडि लु८२प ८६२८ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक कपिलवस्तुकै शुद्धोधन गाउँपालिका–३, कटैयाभारीका २३ वर्षीय सन्तोष कहार गम्भीर घाइते भएका थिए । जिल्ला अस्पताल तौलिहवामा उपचारका क्रममा गएराति उनको मृत्यु भएको हो ।
मोटरसाइकलमा सवार कपिलवस्तु–७, पिपरहवाका ३२ वर्षीय शेषराम पासी र सोही स्थानका २५ वर्षीय दुर्गेश यादव घाइते छन् । रुपन्देहीको बुटवलस्थित चौराहा अस्पतालमा उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्