काठमाडौँ, २५ साउन । बागलुङक काठेखोला गाउँपालिका–३ धम्जामा चक्कु प्रहारबाट एक मजदुर मृत्यु भएको छ ।
प्रहरीका अनुसार गएराति ढोरपाटन नगरपालिका–५ का २५ वर्षीय अर्जुन घर्तीले आपसी विवादमा चक्कु प्रहार गर्दा सोही नगरपालिका–७ का ४० वर्षीय अशोक खत्रीको घटनास्थलमै मृत्यु भएको हो ।
हत्या अभियोगमा घर्तीलाई हिरासतमा लिइएको छ । । हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमतिका निम्ति निजलाई जिल्ला अदालत पुर्याइएको छ ।










प्रतिक्रिया दिनुहोस्