काठमाडौँ, २५ साउन । सुनसरीको गढी गाउँपालिका–४ मेहता टोलस्थित भित्री सडकखण्डमा स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार छिटाहाबाट चिमडीतर्फ जाँदै गरेको को १ ख ३३९१ नम्बरको बर्जु लेक आइडियल इङ्लिस स्कुल चिमडी, सुनसरीको बसले बाटोको छेउमा बसिरहेकी गढी गाउँपालिका–४ मेहता टोल बस्ने ७५ वर्षीया गुद्री देवी मेहतालाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट गम्भीर घाइते मेहतालाई इलाका प्रहरी कार्यालय छिटाहाबाट खटिएको टोलीले उद्धार गरी उपचारका लागि विराट नर्सिङ होम विराटनगर पठाएकोमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
दुर्घटनापछि बस र चालक बर्जु गाउँपालिका–६ बस्ने २२ वर्षीय सुदिप सरदारलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्