काठमाडौँ, २८ साउन । भक्तपुरको सूर्यविनायक नगरपालिका-८ बस्ने २८ वर्षीय मनिष सिंख्वालको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भक्तपुर नगरपालिका-३ बंशगोपाल बस्ने २७ वर्षीय किशोर चौगुठी छन् । भक्तपुर नगरपालिका-४ मंगलाछेँस्थित श्री जनसेवा आधारभूत विद्यालय नजिकैको गल्लीमा किशोरले मंगलबार राति कुटपिट गर्दा मनिष गम्भीर घाइते भएका थिए । घाइते मनिषको भक्तपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
पक्राउ परेका उनीमाथि कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत भक्तपुरबाट ५ दिनको म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।










प्रतिक्रिया दिनुहोस्