काठमाडौँ, २८ साउन । सिराहामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार गएराति सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका-५ महेशवारीस्थित सडकमा नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट नाम, थर र वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनापछि फरार रहेका मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।










प्रतिक्रिया दिनुहोस्