काठमाडौँ, २८ साउन । प्युठानमा पाँचजनाको शव फेला परेको छ ।
प्रहरीका अनुसार आज बिहान स्वर्गदारी नगरपालिकाअन्तर्गत विभिन्न खोला किनारमा पाँचजनाको शव फेला परेको हो ।
तीन महिला, एक पुरुषको शव फेला परेको छ । एक बालकको शव पनि फेला परेको प्रहरीले जनाएको छ । शवको पहिचान हुन बाँकी छ ।
शव पहिचानलगायत विषयमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्