Banner News

सुदूरका मुख्यमन्त्री शाहद्वारा राजीनामा



काठमाडौँ, २८ साउन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् ।

आज साँझ बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले राजीनामाको घोषणा गरेका हुन् । प्रदेशसभामा सम्बोधन गरेपछि उनले प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका छन् ।

प्रदेशसभामा विश्वासको मत पाउने अवस्था नरहेपछि मुख्यमन्त्री शाहले राजीनामा दिएका हुन् । गत असार ३१ गते नेकपा एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो। संविधानअनुसार विश्वासको मत लिनुपर्ने ३० दिनको समयसीमा पनि आज पूरा भएको छ।

प्रदेशसभाको बैठक साँझ ५ बजे बस्ने भनिए पनि निर्धारित समयभन्दा केही ढिला गरी बैठक सुरु भएको थियो।