काठमाडौँ, २८ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दुर्घटना हुनै नदिने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले हवाई सुरक्षा र यात्रीको अधिकारका विषयमा सरकार गम्भीर रहेको उल्लेख गरे। यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई नियामक निकाय र सेवा प्रदायक निकाय गरी दुईवटा स्वायत्त संस्थामा विभाजन गर्न विधेयक तयार पारिएको जानकारी दिए।
नेपाली विमानहरूलाई युरोपेली युनियनले ‘ब्ल्याक लिस्ट’ (कालो सूची)मा राखेको भनी प्रयोग गरिने शब्दावलीप्रति उनले असहमति प्रकट गरे । नेपाललाई ‘ब्ल्याक लिस्ट’ सूचीबाट हटाउन मन्त्रालयले सुधारका विभिन्न कार्यहरू गरिरहेको र आगामी ६ महिनाभित्र सकारात्मक नतिजा आउने अपेक्षा गरिएको उनले स्पष्ट पारे।










प्रतिक्रिया दिनुहोस्