काठमाडौँ, २९ साउन । नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ ।
बैकिङ प्रणालीमा अधिक तरलता भएका कारण ३५ दिनको लागि उक्त रकम बराबरको निक्षेप तान्न लागेको हो । यसअघि साउन २७ गते पनि राष्ट्र बैंकले प्रणालीबाट ३० अर्ब रुपैयाँको एक महिने निक्षेप संकलन गरेको थियो ।
बैंक प्रणालीमा अधिक लगानीयोग्य पूँजी (तरलता) रहँदै आएकाले राष्ट्र बैंकले यसलाई पटक–पटक मौद्रिक उपकरणमार्फत प्रशोचन गर्दै व्यवस्थापन गरेको हो । कर्जाको माग नबढ्दा लामो समयदेखि बैंकहरूमा थुप्रिएको रकमलाई केन्द्रीय बैंकले प्रशोचन गरिरहेको छ ।
जारी उक्त उपकरणको बोलकबोल र निष्कासन आज दिउँसो ३ बजे हुनेछ ।










प्रतिक्रिया दिनुहोस्