समाचार

मकवानपुरमा ६ जना सवार जिप दुर्घटना



काठमाडौँ, २ भदौ । हेटौंडा-काठमाडौँ जोड्ने छोटो मार्ग अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरिखेतमा जिप दुर्घटना भएको छ ।

प्रहरीका अनुसार जिप सडकबाट भिरमा खसेको छ । दुर्घटनाको जानकारी पाए लगत्तै भीमफेदी इलाका प्रहरी कार्यालयबाट प्रहरीको टोली दुर्घटनास्थलतर्फ गएको छ ।

जिपमा ६ जना सवार रहेको र दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।