काठमाडौँ, ३ भदौ । सुर्खेतको बराहताल गाउँपालिका–४, घुमाउनेस्थित भेरी नदीमा एक पुरुषको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बुधबार साँझ भेरी नदीमा शव फेला परेको हो । घटनास्थल अस्थायी प्रहरी पोस्ट तरंगाबाट करिब तीन किलोमिटर पश्चिम तथा इलाका प्रहरी कार्यालय बाबियाचौरबाट करिब ४५ किलोमिटर पूर्व–दक्षिणमा पर्छ ।
शवको पहिचान खुलेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि आजराति प्रदेश अस्पताल कालागाउँ, सुर्खेत पठाइएको छ ।










प्रतिक्रिया दिनुहोस्