काठमाडौँ, ३ भदौ । ६१ वर्षीया एकल महिलामाथि जबरजस्ती करणीको आरोपमा २१ वर्षीय युवक पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा प्रेम विसुंखे रहेको प्रहरीले जनाएको छ । घटना रामेछापको हो । विसुंखेले मंगलबार वृद्धामाथि उनकै घरमा जबरजस्ती करणी गरेर फरार भएका थिए ।
विसुंखे मजदूरी गर्दैआएका थिए । घटनापछि फरार रहेका उनलाई प्रहरीले आज रामेछापकै तिलबारीस्थित कोही नबस्ने घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्