अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २५ भदौ । आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३४ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ५ हजार ८ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १५० रुपैयाँले बढेर ४ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।