काठमाडौँ, २६ भदौ । प्रधानमन्त्री वालेन्द्र शाह र न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता भएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार वार्ताका क्रममा प्रधानमन्त्री बालेनले रसुवाको भोटेकोसीमा आएको बाढीपछि खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यहरू तीव्र पारिएको बताए ।
उनले बेपत्ता सबै नागरिकहरूको खोजी कार्यलाई पनि प्राथमिकतामा राखिएको बताएको बताएको छ । उनले न्युजिल्यान्डले उपलब्ध गराएको २० लाख डलर बराबरको मानवीय सहायताप्रति कृतज्ञता व्यक्त गरे ।
प्रधानमन्त्रीले जलवायुजन्य विपद्का दृष्टिले नेपाल उच्च संवेदनशील राष्ट्रको रूपमा रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय मञ्चहरूमा क्षति तथा नोक्सानी वित्तीय सहयोगका लागि न्युजिल्यान्ड सरकारको रचनात्मक सहयोगको लागि अनुरोध गरे । न्युजिल्यान्डका प्रधानमन्त्री लक्सनले नेपालमा गएको विनाशकारी बाढीप्रति न्युजिल्यान्ड सरकार तथा जनताको तर्फबाट हार्दिक समवेदना र ऐक्यबद्धता व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्