राजनीति

अर्थमन्त्री वाग्लेको ‘मानवीय मामला’ अवैतनिक सल्लाहकारमा विश्व पराजुली नियुक्त



काठमाडौँ, २६ भदौ । अर्थमन्त्री स्वर्णिम वाग्लेले विश्व विजय पराजुलीलाई आफ्नो ‘मानवीय मामिला’ (Humanitarian Affairs) सल्लाहकारमा नियुक्त गर्नुभएको छ ।

मिति २०८३ भदौ २४ को मन्त्रीस्तरीय निर्णय अनुसार उहाँलाई मंसिर मसान्तसम्मका लागि अवैतनिक सल्लाहकारको रूपमा नियुक्त गरिएको हो । भोटेकोशी बाढी पश्चात मन्त्रालयले निर्वाह गर्नुपर्ने मानवीय हितका काममा सहयोग हुने अपेक्षासहित छोटो अवधिका लागि उहाँहरू नियुक्त गरिएको हो ।

पराजुलीको संयुक्त राष्ट्र संघ (UN) मा लामो र गहन अनुभव रहेको छ। उहाँको यो अनुभव नेपालमा विपद् पश्चातको मानवीय राहत र पुनर्स्थापनाको काममा निकै उपयोगी हुने विश्वास अर्थ मन्त्रालयले लिएको छ। विशेष गरी विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा पराजुलीको विज्ञताले मन्त्रालयको कामलाई प्रभावकारी बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

मन्त्री वाग्लेले पराजुलीलाई नियुक्ति पत्र हस्तान्तरण गर्दै उहाँको सफल कार्यकालको कामना गर्नुभयो ।