राजनीति

हुम्लामा कांग्रेसको गाउँ अधिवेशन सम्पन्न



काठमाडौँ, १० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका सबै सात गाउँपालिकाको अधिवेशन सम्पन्न भएको छ ।

जिल्ला सभापति मोहनविक्रम सिंहका अनुसार जिल्लाका ४४ वडामध्ये ४२ वडाको अधिवेशन पनि सम्पन्न भइसकेको छ ।

गाउँपालिका अधिवेशनबाट नाम्खा गाउँपालिकाको सभापतिमा पेमा लामा, सिमकोटमा बलवीर शाही, खार्पुनाथमा बसन्त शाही, ताँजाकोटमा रणबहादुर रिठाल, अदानचुलीमा जीवन बुढा र सर्केगाडमा सुवास रावत सर्वसम्मत चयन भएका छन् ।