राजनीति

राष्ट्रपति पौडेलद्वारा ‘जीवीत देवी कुमारी’को दर्शन



काठमाडौँ, १४ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक एवम् सांस्कृतिक महत्वको इन्द्रजात्रा पर्व समापन समारोहका अवसरमा वसन्तपुरस्थित कुमारी घर पुगेर जीवीत देवी कुमारीको दर्शन गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले श्री कुमारीका साथै श्री भैरव र श्री गणेशको दर्शन गर्नुभयो । सो अवसरमा राष्ट्रपति पौडेलले जीवीत देवी कुमारीबाट टीका, फुल र प्रसाद ग्रहण गर्नुभयो ।

राष्ट्रपति पौडेलले प्रथम महिला सबीता पौडेलसहित न्यूरोडस्थित जुद्ध शमशेरको सालिकदेखि कुमारी घरसम्म पैदल यात्रा गर्नुभएको थियो ।