अर्थ

दशैंका लागि भेडा–च्याङ्ग्रा भित्रिए



काठमाडौँ, २३ असोज । दशैं नजिकिएसँगै गुल्मीमा भेडा तथा च्याङग्रा बिक्रीका लागि ल्याइएको छ ।

दशैंमा भाकल तथा धार्मिक परम्पराका लागि भेडा खरिद गर्ने चलन रहेकाले हरेक वर्ष यस समयमा भेडा–च्याङग्राको माग बढ्ने गरेको छ ।

बागलुङको ढोरपाटनबाट व्यवसायीले भेडा तथा च्याङग्रा गुल्मीको सदरमुकाम तम्घासमा ल्याएर बिक्री सुरु गरेका हुन् । दशैंलाई लक्षित गरी यस वर्ष करिब एक सय वटा भेडा तथा च्याङग्रा बिक्रीका लागि ल्याइएको हो ।

असोज ४ गतेदेखि भेडा–च्याङग्रा बिक्रीका लागि ढोरपाटनबाट यात्रा सुरु गरिएको हो । उनी विगत १५ वर्षदेखि भेडा तथा च्याङग्रा खरिद–बिक्रीको व्यवसाय गर्दै आएका छन् । आफ्नै घरमा पालेका भेडा–च्याङग्रा बिक्री गर्नुका साथै अन्य किसान तथा व्यवसायीबाट खरिद गरेर पनि बजारमा ल्याउने गरेको उनले बताए । दशैंलाई लक्षित गरेर हरेक वर्ष भेडा–च्याङग्रा बिक्रीका अरूबाट खरिद गरेर पनि बिक्री गर्ने गरेका छन् ।

यस वर्ष ल्याइएका भेडा तथा च्याङग्रा साना–ठूला हेरेर बिक्री भइरहेको छ । हाल च्याङग्राको जिउँदो तौल प्रतिकिलो १ हजार २ सय रुपैयाँ र भेडाको प्रतिकिलो १ हजार रुपैयाँका दरले बिक्री भइरहेको छ ।