समाचार

बूढीगण्डकी बाढी : नेपाली सेनाद्वारा जोखिममा परेका ३६ जनाको उद्धार



नेपाली सेनाले गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीका कारण जोखिममा परेका ३६ जनाको उद्धार गरेको छ ।

नेपाली सेनाका अनुसार बाढी प्रभावित जगत इलाकाबाट ६ जना, न्याक्फेदीबाट ९ जना, यारुबाट १ शिशु तथा १ विदेशीसहित ९ जना र पायुबाट १२ जना गरी हालसम्म ३६ जनाको उद्धार गरिएको छ ।

खोजी तथा उद्धारका लागि ४ वटा हेलिकोप्टर तथा स्थलमार्गबाट पनि नेपाली सेनाको टोली परिचालन भएको सेनाले जनाएको छ ।