समाचार

बुढीगण्डकी बाढीमा ५ जना बेपत्ता



काठमाडौँ, २५ असोज । गोरखाको बुढीगण्डकी नदीमा आज बिहान आएको बाढीमा परी ५ जना बेपत्ता भएका छन् ।

बाढीमा परी चुमनुब्री–६ को चुम्चेतस्थित उङ्गिलुङका दुई महिला र तीन पुरुष बेपत्ता भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

चुमनुव्री- ६ चुम्चेतका ६५ वर्षीय सोनाम लामा, उनकी श्रीमती ५९ वर्षीया मोम्मो अजि लामा, ६६ वर्षीया सोम भुटी लामा, ७३ वर्षीय कर्मा लामा, ४१ वर्षका पेमा दोर्जे लामा लामा सम्पर्कविहीन रहेको प्रहरीको भनाइ छ ।