उदयपुर, ७ कार्तिक । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुली घर भई कटारी नगरपालिका–२ मझुवामा बस्ने २१ वर्षीय सुशिल खड्का रहेका छन् । उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
खड्काले किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्