पोखरा, ९ कार्तिक । पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
पोखरा २९ आदर्शचोकमा मोटरसाइकलले ठक्कर दिँदा ६१ वर्षीय रमाकान्त शर्माको मृत्यु भएको हो । तालचोकबाट पावर हाउसतिर जाँदै गरेको ग २४ प १६३५ नम्बरको मोटरसाइकलले जेब्राक्रसबाट बाटो काटिरहेका शर्मालाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि पश्चिमाञ्चल अस्पताल पुर्याइएको थियो ।
तर अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।










प्रतिक्रिया दिनुहोस्