काठमाडौँ, ११ कार्तिक । नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले विवादास्पद अभिव्यक्ति दिएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बर्खास्त गर्न प्रधानमन्त्री बालेन्द्र शाहसँग माग गरेका छन् ।
भारतको एक टेलिभिजनको कार्यक्रममा सहभागिता जनाउन नयाँ दिल्लीमा अर्थमन्त्री वाग्लेले कुटनैतिक मर्यादा भुलेर भारतको विरोध गरेर नेपाली राष्ट्रवाद बन्ने अवस्था अन्त्य भएको भनि अभिव्यक्ति दिएका थिए । सोही प्रसंगलाई लक्षित गर्दै पूर्वमन्त्री बाँस्कोटाले अर्थमन्त्री वाग्लेलाई नवलेण्डुपेको संज्ञा दिए ।
उनले आफ्नो सामाजिक सञ्जालमा भनेका छन्, ‘न राष्ट्र संघ न युनिभर्सिटीको PhD को खोस्टो थियो उनीसँग । तर पृथ्वी नारायण शाहले परराष्ट्र सम्बन्धलाई झिकी कटक-जाई कटक र दुई ढुंगाको तरुलकोसुत्रमा बाँधेका थिए । अहिले बेपर्वाह नव लेण्डुप उफ्रने ? किक आउट हिम, पिएम ।’










प्रतिक्रिया दिनुहोस्