समाचार

गाँजासहित एक महिला पक्राउ



जनकपुरधाम, ११ कार्तिक । धनुषाको शहीदनगर नगरपालिकाबाट प्रहरीले २ किलो ४ सय ७० ग्राम गाँजासहित एक महिलालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मंगलबार शहीदनगर नगरपालिका–१ भगवन टोलकी करिब ४० वर्षीया प्रमिला देवी मण्डलको घरमा गाँजा बिक्री वितरण हुने गरेको विशेष सूचनाका आधारमा मण्डललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरी प्रवक्ता एवं डिएसपी ओमप्रकाश खनालका अनुसार इलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा उक्त परिमाणको गाँजा बरामद भएको हो ।