राजनीति

कमला पुल मंसिरदेखि सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ : मन्त्री लम्साल



सिरहा, १३ कार्तिक । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले  सिरहा र धनुषा जोड्ने हुलाकी सडकअन्तर्गतको कमला पुल निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको बताएका छन् ।

मन्त्री लाम्सालले सामाजिक सञ्जाल फेसबुकमा भिडियो सार्वजनिक गर्दै कमला पुलको प्रतीक्षा अब धेरै गर्नु नपर्ने दाबी गरेका हुन् । मन्त्री लम्सालले पुल निर्माणको पछिल्लो अवस्थाबारे जानकारी दिँदै आगामी मंसिरको पहिलो साताभित्र पुल सञ्चालनमा ल्याउने लक्ष्यसहित काम अघि बढाइएको बताएका छन्।

‘१५ वर्षदेखि रुग्ण बनेको आयोजनाको सञ्चालन हाम्रो प्राथमिकतामा छ,’ मन्त्री लम्सालले फेसबुकमा लेखेका छन् ।