समाचार

करेन्ट लागेर एक बालकको मृत्यु



काठमाडौँ, १५ कार्तिक । रौतहटमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार परोहा नगरपालिका–४, पोखरिया टोलका ६ वर्षीय शेख आयानको मृत्यु भएको हो ।

आज दिउँसो आफ्नै घरमा रहेको विद्युत्‌जडित कलबाट करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए । उपचारका क्रममा परोहा अस्पताल लौकाहामा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।